तीन महिनाभित्र सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउछौं- प्रम ओली



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने बताएका छन् ।

बुधबार कोभिड–१९ विरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीलाई तीन महिनाभित्र कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने बताएका हुन् ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप बुधबारदेखि देशभर लगाउन शुरु गरिएको छ । पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मी लगायतलाई लगाउन शुरु गरिएको हो । पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप नाफा कमाउने तथा व्यापारको माध्यम बन्नु नहुने पनि बताए । उनले कुनैपनि गरिब देश अथवा गरिब मानिस खोपबाट बञ्चित हुनुनहुने र सबैको पहुँचमा हुनुपर्ने बताए । सरकारले अनुदानमा अथवा किनेर ल्याएको खोपलाई नेपाली नागरिकले निशुल्क रुपमा पाउने उनको भनाई छ । प्राथमिकताको आधारमा क्रमशः आम नागरिकलाई खोप उपलब्ध गराउने उनले बताए ।

प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको खोपको निम्ति अन्य मित्रराष्ट्र र संघसंस्थासँग पनि कुराकानी भइरहेको जानकारी दिए । भारत सरकारसँग थप खोप उचित मुल्यमा किन्ने कुरा पनि भइरहेको उनको भनाई छ । प्रधानमन्त्री ओलीले खोप प्रारम्भ भएपनि कोभिड–१९सम्पूर्ण रुपमा नियन्त्रण नभएसम्म मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, सरसफाइ र खानपानमा ध्यान दिन आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले सर्वोच्च अदालतको फैसला पछिको परिप्रेक्ष्यमा

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि गुट परिवर्तन गरेका सांसदहरु

काठमाडौं । नेकपा पार्टी विभाजन पछि प्रचण्ड समूहमा लागेर पार्टी अध्यक्ष बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई भैसेपाटी पुगेर विष्णु पौडेलले भेट गरेका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई जबाब

काठमाडौं । नेकपा नाम खारेज गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्ट प्रचण्ड–नेपाल पक्ष पुनरावलोकनमा जाने भएको

म्यान्मा : म्यान्मारमा सैनिक शासनविरुद्ध जारी आन्दोलनमा सहभागी एक नेपालीभाषी बर्मेलीको मृत्यु भएको प्रदर्शनकारीहरूले बताएका

काठमाडौँ : राष्ट्रिय जनमोर्चाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नै मिलेर सरकार गठन गर्नु

काठमाडौँ : सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले पाँच रणनीतिसहित गृहकार्य

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटाप्रति

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिक नामका सन्दर्भमा आइतबार

काठमाडौँ । सर्वोच्च अदातलको आइतबारको फैसलापछि नेकपा दाहाल–नेपाल समूह कानुनविद्हरुसँग छलफलमा जुटेका छन् । अदालतको