म्यान्चेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा



काठमाडौं : वेष्ट ब्रोमलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा पुगेको छ ।

गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले वेष्ट ब्रोमलाई ५-० ले हरायो । खेलमा सिटीका लागि इके गुन्डोगानले दुई गोल गर्दा होवाँ क्यान्सेलो, रियाद माहारेज र राहिम स्टर्लीङले एक एक गोल गरे । जितसँगै म्यान्चेस्टर सिटीले शर्षि स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडलाई उछिनेको हो ।

१९ खेलबाट म्यान सिटीको ४१ अंक छ भने युनाईटेडको ४० अंक छ । लिगअन्तर्गत गएराति भएको अर्को खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३-१ ले हराएको हो । आर्सनलको जितमा बकायो साका, निकोलस पेपे र अलेक्जेण्डर लाकाजेट्को एक एक गोल सामेल थियो ।

जितपछि आर्सनल २० खेलबाट ३० अंक जोड्दै तालिकाका आठौं स्थानमा उक्लिएको छ । प्रिमियर लिगमा गएराति वेष्ट ह्याम युनाइटेडले क्रिष्टल प्यालेसलाई ३-२ ले हराउँदा लिड्स युनाइटेडले न्युकासल युनानईटेडमाथि २-१ को जित निकालेको हो ।

प्रकाशित :१४ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्