सप्तरीमा ४ हजारलाई कोरोनाविरुद्धको खोप



राजविराज : सप्तरीमा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट कोरोना खोप सुरुवात भएको छ ।

प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरी कोरोना खोप अभियानको शुभारम्भ गरे ।

राजविराजस्थित अस्पताल र रुपनी गाउँपालिकास्थित पूर्व क्षेत्रीय प्रहरी अस्पताल (ठाको देवी-जोगेन्द्र भगत) मा खोप लगाएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप लगाइएको छ ।

सप्तरीका लागि आएको ८ सय ३३ भायल कोरोना भ्याक्सिनबाट ३ हजार ७ सय ५४ जनालाई खोप लगाएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । खोप लगाउनेलाई खोप लगाएको प्रमाणका रूपमा परिचयपत्र वितरण गरिएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा। रणजीतकुमार झाका अनुसार गर्भवती, सुत्केरी, स्तनपान गराइरहेका महिला, गम्भीर विरामी र १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप अभियानमा सहभागी गराइएको छैन ।

नेपालमा भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेर तेस्रो चरणको ट्रायलसमेत पार गरेपछि ल्याइएको कोभिशिल्ड खोप प्रयोग गर्न लागिएको हो ।

प्रकाशित :१४ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्