इण्डियन प्रिमियर लिग लिलामीको मिति सार्वजनिक



काठमाडौं : इण्डियन प्रिमियर लिग ( आइ पी एल) को लिलामीको मिति तोकिएको छ । आइ पी एल १४ औं संस्करण लिलामीका लागि मिनी अक्सनको मिति र स्थान तोकीएको हो । आइ पी एलले एक ट्विट गर्दै मिनी अक्सन १८ फेब्रुअरी चेन्नइमा हुने छ ।

आइपिएलको आयोजनाको लागि पहिलो रोजाइको रुपमा भारतलाई राखिएको छ भने दोस्रो विकल्पको रुपमा युएइलाई राखिएको छ । आइपिएलका ८ फ्रेन्चाइजीहरुले जम्मा १ सय ३९ खेलाडी मध्ये कूल ५७ खेलाडी रिलिज गरेका छन् ।

राजस्थान रोयल्सले कप्तान स्टिभ स्मिथ र किंग्स ११ पंजाबले ग्लेन म्याक्सवेललाई रिलिज गरेका छन् । रोयल च्यालेन्जर्स बैंगलोरले १०, पंजाबले ९, राजस्थानले ८, मुम्बइले ७, चेन्नइ, कोलकाता र दिल्लीले ६-६ र हैदराबादले ५ खेलाडी रिलिज गरेका छन् ।

प्रकाशित : १४ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्