यात्रा गरीरहेकी एक महिलाको साथबाट १७ लाख नगदसहित १ किलो सुन बरामद



धनगढी : डोटीबाट धनगढी जाँदै गरेकी एक महिलाको साथबाट स्रोत नखुलेको १७ लाखभन्न्दा बढी नगदसहित एक किलो सुन प्रहरीले फेला परेको छ ।

जिल्लाको केआईसिंह गाउँपालिका-६ भिताडीकी एक बृृद्ध महिला काली भुलको साथबाट १७ लाख ४७ हजार नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कान्तीराज जोशीका अनुसार दिपायलबाट धनगढी जाँदै गरेको अवस्थामा उनको साथबाट सो रकम बरामद गरिएको हो । सोही विषयमा सोधपुछका क्रममा कालीको घरमा छापा मार्दा १ किलो भन्दा बढी तौल भएको सुनसमेत फेला परेको प्रहरी निरीक्षक जोशीले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा रकम र सुनको स्रोतबारे बुझ्न खोज्दा आफन्तले आफुलाई राख्न दिएको भुलले प्रहरी समक्ष बयान दिएकी प्रहरीले जनाएको छ ।

प्रकाशित :१४ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्