भरतपुर महानगरद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई ४ करोड सहयोग



चितवन : धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका २० मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग गरेको छ । यसअघि महानगरले फाउण्डेसनलाई चार करोड दिइसकेको छ ।

बुधबार महानगर कार्यालयमा मेयर रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चार करोड रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । महानगर प्रमुख दाहालले महानगरको आन्तरिक स्रोतबाट रंगशाला निर्माण कार्यका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई पटकपटक गरी पहिले चार करोड र अहिले थप चार करोड रुपैयाँ दिइएको बताइन् ।

महानगरबाट प्राप्त चेक ग्रहण गर्दै धुर्मुसले रंगशाला निर्माणको कामलाई अगाडि बढाउन यो सहयोगले सहज बनाएको प्रतिक्रिया दिए । उनले स्थानीय सरकार र जनताको सहयोगमा रंगशाला निर्माण कार्यलाई टुंगोमा पुर्याइने बताए । रंगशाला निर्माण सहयोगार्थ यसअघि महायज्ञको आयोजना गरिएको थियो ।

चेक हस्तान्तरणको अवसरमा भरतपुर महानगर प्रमुख रेनु दाहालसँगै उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको उपस्थिति रहेको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत जोशीले भरतपुर महानगरपालिकाको गौरवको आयोजनाको रुपमा लिइएको रंगशाला निजी क्षेत्रको समेत सहयोगमा निर्माण सम्पन्न गरिने बताए ।

प्रकाशित : १४ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । नेकपाको आन्तरिक राजनीतिमा पूर्व माओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि

काठमाडौँ । निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश अनुसार दल एकीकरणका लागि आउन आह्वान गर्दै नेकपा

काठमाडौं । नेकपा (एमाले)की नेतृ एवं राष्ट्रिय सभा सदस्य कोमल ओलीले आफ्नै पार्टीका नेता रघुजी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुभारम्भ गरेका छन् । नेपाल उद्योग

काठमाडौं : वरिष्ठ नेता माधव नेपालको समूह साबिकको एमालेमा सक्रिय हुने भएको छ । सर्वोच्च अदालतले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा जनमतसंग्रह हुनुपर्ने बताएका

काठमाडौं । २४ फागुन । नेकपा दाहाल–नेपाल समूहले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्र

काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले सर्वोच्च अदालतको फैसला पछिको परिप्रेक्ष्यमा

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि गुट परिवर्तन गरेका सांसदहरु

काठमाडौं । नेकपा पार्टी विभाजन पछि प्रचण्ड समूहमा लागेर पार्टी अध्यक्ष बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई भैसेपाटी पुगेर विष्णु पौडेलले भेट गरेका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई जबाब