काठमाडौंको लैनचौरबाट पेस्तोलसहित एक जना पक्राउ



काठमाडौं : काठमाडौंको लैनचौरबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी (एपिएफ) ले काठमाडौं महानगरपालिका-२६ लैनचौर क्षेत्रबाट बुधबार एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्ने सिन्धुपाल्चोक भोटेचौर गाउँपालिका-३ घर भई सामाखुसी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृष्ण चौलागाईं हुन् । एपिएफ इन्टेलिजेन्स ब्युरोले विशेष सूचनाको आधारमा चौलागाईंलाई पक्राउ गरेको हो ।

पेस्तोलमा प्रयोग हुने एक गोली र मोबाइल फोन पनि बरामद गरेको जनाएको छ । थप अनुसन्धान गर्न एपिएफले उनलाई नेपाल प्रहरीसमक्ष बुझाएको जनाएको छ ।

प्रकाशित :१४ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्