प्रचण्ड–माधव नेकपाले आज बुटवलमा प्रदर्शन गर्दै



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आज बुटवलमा बृहत प्रदर्शन गर्दै छ । त्यसका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बिहीबार बुटवल जाँदै छन् ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा आयोजना गर्न लागिएको लुम्बिनी प्रदेश स्तरीय विरोध कार्यक्रमलाई सम्बोधन गर्न उनीहरु बुटवल जाने भएका हुन् ।

प्रचण्ड–नेपालले सम्बोधन गर्नु पूर्व बुटवलका तीन ठाउँबाट र्याली निकाल्ने तयारी छ । ११ः४५ बजे बुटवलको गोलपार्क, जितगढी र राजमार्ग चौराहाबाट विरोध र्याली गरिने प्रदेश संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानकारी दिए ।

गोेलपार्कबाट सुरु हुने र्यालीको नेतृत्व ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषोत्तम घिमिरेले गर्ने छन् ।

यस्तै बुटवलको राजमार्ग चौराहाबाट सुरु हुने र्यालीको नेतृत्व धनश्याम भुषाल, धनश्याम यादब र नारायण जिसीले तथा जीतगढीको बलदेव खनाल, ओनसरी घर्ती र राजु गुरुङले गर्ने छन् ।
बुटवलमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कार्याकर्ता ल्याउन सवारीसाधनको व्यवस्था गरिएको प्रदेश अध्यक्ष ओनसरी घर्तीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्