रेडपाण्डाको छालासहित ३ जना पक्राउ



बाँके : बाँकेको कोहलपुर नगरपालिका-१२, चप्परगौरीस्थित एक होटेलबाट दुईथान रेडपाण्डाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुर्खेतको भेरीगंगा नगरपालिका-१० बस्ने ४० वर्षीय दलबहादुर शाही, जाजरकोटको जुनिचाँदी गाउँपालिका-११ बस्ने ४२ वर्षीय धनबहादुर शाही र सल्यानको बनगाड कुपिन्डेदह नगरपालिका-४ बस्ने ३३ वर्षीय भरतबहादुर पुन रहेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरीले होटेलको ११३ नं.कोठामा बसेका उनीहरूलाई झोलामा लुकाइराखेको उक्त छालासहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारबाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित :१५ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्