कुलोमा डुवेर शिशुको मृत्यु



पाल्पा : पाल्पाको रामपुर नगरपालिका ५ मटेरीमा कुलोमा डुवेर एक शिशुको मृत्यु भएको छ ।

मटेरी बस्ने योगमाया थापाको १९ महिने शिशु प्रतिन थापाको कुलोमा डुवेर आज विहान मृत्यु भएको हो । आफ्नै घर अगाडि रहेको पानी बग्ने कुलोमा डुबी रहेको अवस्थामा शिशुलाई आमा योगमायाले फेला पारेकी थिइन् ।

उनले छोरालाई कुलोबाट तत्काल उद्दार गरी उपचारका लागि रामपुर अस्पताल पुर्याएकी थिईन् । तर अस्पतालका डाक्टरहरुले भने शिशुको मृत्यु भएको घोषणा गरेका थिए । घटना लगत्तै ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित :१६ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्