वसन्तपुरमा विश्वकप क्रिकेटको ट्रफी, भारत लिन तयारी



काठमाडौँ : विगत चार दिनदेखि नेपालमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अन्तिम दिन वसन्तपुर घुमाइएको छ । 

 

दिउँसो ट्रफी वसन्तपुर घुमाएपछि र अपराह्न भारत लगिनेछ । नेपालमा रहँदा ट्रफीलाई पहिलो दिन शुक्रबार स्वयम्भू, दोस्रो दिन पोखरा र आइतबार चन्द्रागिरि पुर्‍याइएको थियो । आइतबार साँझ ट्रफी राष्ट्रिपति विद्यादेवी भण्डारीसमक्ष सार्वजनिक गरिएको थियो । 

 

आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गरिएको हो । नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याएको हो ।

 

विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिँदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक ल्याइएको हो । एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफीटुर ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (युएइ) हुँदै नेपाल ल्याइएको थियो ।

 

 ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्याण्ड लगिनेछ ।

 

 विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्