तोकिएकै मितिमा चुनाव हुन्छ : प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव हुने बताएका छन् ।

आज आगामी वैशाख १७ र २७ मै चुनाव हुने दोहोर्याए । उनले पञ्चायत र राजतन्त्रसँग घुँडा नटेकेको भन्दै अहिले कसैसँग घुँडा नटेक्ने पनि बताएका हुन् ।

चितवनको भरतपुरमा नेकपाले आयोजना गरेको जन सभालाई सम्वोधन गर्दै ओलीले चुनाव घोषणा अल्मल्याउन गरिएको भन्नेलाई अल्मलिन दिएर चुनावी तयारीमा लाग्न कार्यकतालाई निर्देशन दिए । उनले भने,‘हामीले चुनावको घोषणा गरेका छौं, यो मिति तलमाथि पर्दैन । यो चुनावको घोषणा अल्मल्याउन गरेको भनेका छन्, उनीहरुलाई भन्न दिनुस् । घोषणा गरिएकै मितिमा चुनाव हुन्छ, चुनावमा कुनै गल्ती नगरी जनताको निम्ती काम गर्ने, साइनो सम्बन्ध देशभित्र भएको, जनताको हितमा काम गर्नेलाई मात्र जिताउनु पर्छ । नाभी अन्तै जोडिएकाहरुलाई छान्नु हुँदैन ।’ सभामा ओलीले गफाडी नेता नभइ विकास प्रेमीलाई जिताएर पठाउन आग्रह गरे ।

‘चुनावको बेला माडिमा गएर मणि बनाउछु भनेको थिए, जसलाई जिताए, मणि बनाउन जिताएको कुहिएको आलु बनेछ’ प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने । राष्ट्रिय हितको रक्षा, स्वाधीनता को सही अर्थमा प्रयोग आफू नेतृत्वको सरकारले मात्र गर्ने ओलीको दावी छ ।

उनी भन्छन्,‘तपाईहरुले धोका पाउनु हुन्न, तपाईंहरुको अगुवाइ, देशको राष्ट्रियता, राष्ट्रिय हितको रक्षा, स्वाधीनता को सही अर्थमा प्रयोग, देशको भूगोलको रक्षा अहिलेको नेतृत्व, अहिलेको सरकारले गर्नेछ । त्यसको अगुवाइ मैले गर्छु, घुँडा टेक्नु पर्ने कोही छैन, देशको विकास गरेर छाडिन्छ ।’ ओलीले चुनाव भन्दा अगाडि चितवनमै फेरि सभाका लागि आफु आउने बताए ।

‘चुनाव भन्दा अगाडि म फेरि यो ठाउमा सभामा सम्वोधन गर्न आउने छु, यो कास्टिङ हो । अबको सभा यो भन्दा दुई गुणा ठूलो हुनेछ,’ ओलीले भने ।

प्रकाशित :१७ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्