तीन दिनमै फेरिएको प्रधानमन्त्रीको बोलीले स्वास्थ्यमन्त्रीलाई फसाद !



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार (माघ १४ गते) कोरोना विरुद्धको खोप अभियानको सुरुवात गर्दै भनेका थिए, ‘तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौँ । यो खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराइनेछ ।’

विकसित तथा शक्तिशाली मुलुकहरुलाई समेत कोरोना विरुद्धको खोप पाउन संघर्ष गरिरहनु परेका बेला नेपाल जस्तो अल्पविकसित राष्ट्रका प्रधानमन्त्रीले तीन महिनाभित्रै सबै नेपालीलाई खोप उपलब्ध गराइसक्ने दाबी गर्नु आफैमा अपत्यारिलो र हास्यास्पद पनि थियो ।

त्यो प्रधानमन्त्री ओली स्वयम्ले शनिबार (माघ १७ गते) चितवन पुगेर पुष्टि गरे ।आफूपक्षीय भेलालाई सम्बोधन गर्ने क्रममा बोली फेर्दै उनले एकवर्ष भित्रमा सबै नागरिकलाई खोप लगाएर कोभिड-१९लाई भगाउने बताए ।

त्यसोत उसैबेला (माघ १४ गते) प्रधानमन्त्री ओलीको त्यो दाबी झुटो र अव्यवहारिक र फोस्रो गफ मात्रै हो भन्दै विज्ञहरुले आलोचना गरेका थिए । ‘छिमेकी मुलुक भारतले दया गरेर अनुदानमा दिएको खोप लगाउन थाल्दैमा हौसिएर यसरी हावादारी गफ नदिएको भएको भए हुन्थ्यो’ भन्दै सामाजिक सञ्जालमा पनि टिक्काटिप्पणी भए ।

हुन पनि भारतले दिएको १० लाख डोज खोप लगाइसकेपछि थप खोप कहाँबाट ल्याउने, कुन खोप ल्याउने र कुन देशबाट ल्याउने भन्नेसमेत अन्योल नै रहेको छ । यस्तो बेलामा प्रधानमन्त्रीले देशका तीन करोड नागरिकलाई तीन महिनामै खोप लगाउन सकिने दाबी गर्न नसुहाउने भन्दै सामाजिक सञ्जालमा सर्वसाधारणले ओलीको आलोचना गरे ।

प्रधानमन्त्री राष्ट्रको कार्यकारी निकाय अर्थात् नेपाल सरकारका अध्यक्ष हुन् । प्रधानमन्त्री नेपालको मन्त्रिपरिषद्का प्रमुख हुन् । संसदीय प्रणालीमा सरकारको कार्यकारिणीमा प्रधानमन्त्री क्याबिनेटका वरिष्ठ सदस्य हुन् ।

यस्तो सम्मानित र मर्दादित पदमा रहेका ओलीले यसरी अमर्यादित, भ्रमपूर्ण र हास्यास्पद अभिव्यक्ति दिनु भनेको आफ्नो चारित्रिक पतमा आफै लाग्नु हो ।हुन त प्रधानमन्त्री ओलीको कोरोना खोपबारे दिएका अभिव्यक्ति मात्र अपरिपक्व ठहरिएको भने होइन । उनले चालेका त्यस्ता अरु थुप्रै कदम, जुन पछि सच्याउनु वा फिर्ता लिनु परेको उदाहरण पनि छन् ।

ओलीको यस्तै प्रवृत्तिबाट अभ्यस्त भइसकेका नागरिकले खोप अभियानको शुभारम्भ गर्दै तीन महिनाभित्रै सबै नागरिकमा खोप पु¥याउने उनका भाषण भने पत्याएका थिएनन् । बरु प्रधानमन्त्री ओलीले सोचविचार नपु¥याई हौवाको भरमा बोलेको भन्दै चालोचना भने थुप्रैले गरे ।

फसादमा स्वास्थ्यमन्त्री

प्रधानमन्त्री केपी ओलीले त कोरोना खोपबारे हौवाको भरमा दिएको अभिव्यक्ति सच्याउन भ्याइहाले । तर प्रधानन्त्री ओलीकै स्वर खाप्दै अभिव्यक्ति दिँदै आएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठी भने यत्तिबेला फसादमा परेका छन् ।

शनिबार (माघ १७ गते) प्रधानमन्त्री ओलीले चितवन पुगेर आफ्नो बोली सच्याउँदै गर्दा लूम्बिनी प्रादेशिक अस्पतालको अनुगमन गर्न बुटवल पुगेर मन्त्री त्रिपाठीले भने तीन महिनाभित्रै सबै नारिकमा खोप पु¥याउने दाबी गरे ।

प्रधानमन्त्रीले सच्याउने र स्वास्थ्यमन्त्रीले त्यही भनाइ दोहो¥याउने ! आफूले बोल्नुअघि नै प्रधानमन्त्री ओलीले बोली फेरेको थाहा हुँदोहो त स्वास्थ्यमन्त्रीले पनि सच्याउने थिए सायद !

प्रधानमन्त्री र मन्त्रीहरुले यस्ता आधारहीन र हौवाको भरमा दिने अभिव्यक्तिबाट धेरै कुरा बुझ्न सकिन्छ । पहिलो त कोरोना खोप सम्बन्धीको स्पष्ट योजना नै सरकारसँग छैन भन्ने बुझ्न सकिन्छ ।

अनुदानमा पाइएको खोप लगाइसकिएपछि अर्को चरणका लागि कहाँबाट खोप ल्याउने, कोभिशील्ड नै ल्याउने कि अर्को ल्याउने, कति मात्रामा ल्याउने लगायतका कुनै योजना सरकारले बनाएको छैन भन्ने कुरा सरकार र सरकारी अधिकारीहरुको आधारहीत अपरिपक्व अभिव्यक्तिबट सहजै बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्