स्वास्थ्य सेवामा सहज पहुँचको लागि प्रदेश सरकार सदैव तयार : मुख्यमन्त्री राउत



जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले गरिबीको रेखामुनी रहेको प्रदेश २ का जनताहरुको स्वास्थ्य सेवामा सहज पहुँचको लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन् । 'नेपालमा क्रेनोफेसियल सेवामा सुरक्षित र गुणस्तीय पहुँच' सम्बन्धि जनकपुरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

 

मानविय सुचांकमा पछाडी परेका यस प्रदेशका जनताहरुलाई क्रेनोफेसियल सेवामा पहुँचका लागि प्रदेश सरकार सदैव तत्पर रहने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले सम्मेलनले तयार पार्ने नीतिमा आफुहरुको पूर्ण सहयोग रहने उल्लेख गरे ।

 

 क्रेनोफेसियल सेन्टर नेपालका निर्देशक डा. सुनिल साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता राम सरोज यादव, डा. राम केवल साह सहितले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपालका अतिरिक्त बंङ्गलादेश, अस्ट्रेलिया, बेलायतसहितका सर्जनहरुको पनि उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्