३१ जिल्लामा निःशुल्क इन्टरनेट



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पु¥याएको छ ।
प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो ।
एकतीस जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्थारकेन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पु¥याएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् ।
उनका अनुसार उक्त परियोजनाअन्तर्गत ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु, अछाम, बझाङ र बाजुरा गरी ६ जिल्लामा मर्कन्टाइल कम्युनिकेशन प्रालिले इन्टरनेट जडान सम्पन्न गरेको हो ।
बैतडी, डडेलधुरा, दार्चुला र डोटी गरी चार जिल्लामा भायानेट कम्युनिकेशनले जडान सम्पन्न गरेको छ । जाजरकोट, कालीकोट, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिम, डोल्पा, रुकुम, हुम्ला र मुगु गरी नौ जिल्लामा वल्र्ड लिंक कम्युनिकेशनले ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न गरेको हो ।
त्यस्तै दैलेख, सुर्खेत, सल्यान, मनाङ, मुस्ताङ, बाग्लुङ र म्याग्दी, पाँचथर, भोजपुर, धनकुटा, तेह्रथुम र खोटाङ गरी १२ जिल्लामा टेकमाइन्डस् नेटवर्कले इन्टरनेट विस्तारको काम सम्पन्न गरेको हो । प्राधिकरणले उक्त जिल्लामा दुई वर्षका लागि निःशुल्करुपमा इन्टरनेट उपलब्ध गराउनेछ ।
यसअघि प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा (नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुङ्गा र सिन्धुली) दुई वर्षका लागि निःशुल्करुपमा इन्टरनेट सेवा प्रदान गरेको थियो ।
निःशुल्क इन्टरनेटको अवधि २०७६ साल चैतसम्म भए तापनि कोरोना भाइरस सङ्क्रमणका कारण सेवा प्रवाहलाई निरन्तरता दिएर २०७७ असोज महिनाबाट शुल्क लिने व्यवस्था गरिएको थियो ।
निःशुल्क अवधि सकिएपछि ब्रोडब्यान्ड इन्टरनेटको सेवाका लागि सम्बन्धित निकायले प्राधिकरणबाट स्वीकृत गरेको महसुल दरमा मात्र सेवा प्रदायकहरुसँग सम्झौता गरी इन्टरनेट सेवाको उपभोग गर्न सक्ने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

ललितपुर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भैरहेको

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबीच सोमबार आकस्मिक भेट

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले सरकारको असंवैधानिक कदम सच्चिएपछि निर्वाचनमा जान

नवलपरासी : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै

विराटनगर : मोरङको उर्लाबारीमा एक व्यक्तिको शंकास्पद मृत्युबारे प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा मृतक भनी अर्कै

जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा अहिराजसँग प्रदेश २ का मुख्यमन्त्री

काठमाडौँ : बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण सुरु गरिएको

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धित नेकपा विप्लव समूहसँग हुने भनिएको वार्ताको

जनकपुरधाम । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्माले निर्धारित मितिमा निर्वाचन नगराउने

काठमाडौं । जसपाले प्रतिनिधिसभा विघटनको विरोधका आइतबार देशव्यापी प्रदर्शन गरेको छ । जसपाले सबै महानगर,

नवलपलरासी । कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्क्याउने र तर्साउने गरेको बताएका छन्