गाईगोठमा आगलागी हुँदा १६ गाई मरे



पोखरा: जिल्लाको  मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १६ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् । 

आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो बनाउन गोठ नजिकै आगो बालेर गुरुङ गाउँतिर निस्कँदा हावाहुरीले आगो फैली गोठमा आगलागी हुँदा गाई मरेको मादी –१ का अध्यक्ष सुरजकुमार गुरुङले जानकारी दिए ।

गोठमा ३४ गाई थिए । यसअघि काठमाडौंको गोकर्णमा पनि सयभन्दा बढी गाई जलेका थिए । 

प्रतिक्रिया दिनुहोस्