कपिलवस्तुमा टिपर र बस ठोक्किँदा दुई जनाको मृत्यु, ११ घाइते



कपिलवस्तु : कपिलवस्तुको गोरुसिंगे जितपुर सडक खण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । 

 

पश्चिमबाट बुटवलतर्फ जाँदै गरेको लु२ख १४७७ नम्बरको टिपर र बुटवलबाट दाङतर्फ जाँदै गरेको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

 

प्रहरीका अनुसार दुर्घटनामा घाईत ११ जनामध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ । 

 

मृत्यु हुनेहरुको अझैं सनाखत हुन नसकेको ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्