मधेश आन्दोलनको दुई घाइतेलाई सहयोग रकम हस्तान्तरण



जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनका दुईजना गम्भीर घाइतेहरुलाई साेमबार आर्थिक सहयोग उपलब्ध गराएका हुन् । मधेश आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने प्रदेश सरकारको निर्णय अनुरुप मुख्यमन्त्री राउतले दुबै घाइतेलाई चेक हस्तान्तरण गरिएकाे हो ।

 

मुख्यमन्त्री राउतले मधेश आन्दोलनका घाइते महोत्तरीका शंकर पासवानलाई दुई लाख र रौतहटका रणविरकुमार सिंह राजपुतलाई एक लाखको चेक हस्तान्तरण गरिएकाे हाे  ।

 

प्रदेश सरकारले अहिले सम्म १३ जना घाइतेलाई चेकहस्तान्तरण गरि सकेका छन । प्रदेश सरकारले मधेश आन्दोलनका घाइतेहरुलाई अवस्था हेरी ५० हजार देखी ३ लाख सम्म उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्