ओलीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस सभापति देउवा पनि अस्पताल



काठमाडौं : प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्कहरुले बताएका छन् । सोमबार साँझ प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिरबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

 

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको पछिल्लो अवस्था थप सुधारोन्मुख र स्थिर अवस्थामा रहेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रध्यापक डा.उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

प्रधानमन्त्री ओलीको उपचारमा प्रध्यापक डा.अरुण सायमीको संयोजकत्वमा डा.दिव्यासिंह शाह तथा डा.सन्तकुमार दासको टोली खटिरहेको छ ।  त्यस्तै, पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

 

सोमबार अपरान्ह त्रिवि शिक्षण अस्पतालमा पुगेर देउवाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । सभापति देउवाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा बिहानको भन्दा सुधार हुँदै गएको जानकारी दिए । 

 

प्रधानमन्त्री ओलीलाई छातिमा संक्रमणसँगै चिनीको मात्रा समेत असन्तुलित देखिएपछि सोमबार बिहान ४ः३० बजे अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्