राष्ट्रपति भण्डारी दोहामा, मन्त्रीद्वारा विमानस्थलमा स्वागत



त्रिभुवन विमानस्थबाट कतार प्रस्थान गर्दै राष्ट्रपति भण्डारी। तस्बिरः रासस

कतार : राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमणको शिलशिलामा आज दोहा पुगेकी छन्। 

 

राष्ट्रपति भण्डारीलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशाबिनसाद अलनोएमीले स्वागत गरेका थिए।

 

मन्त्री अलनोएमीले स्वागत गर्नुअघि विमानबाट ओर्लिए लगत्तै कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए।

 

मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी कतार पुगेकी हुन्।

 

त्यहाँ रहँदा राष्ट्रपति भण्डारी होटल शेराटोन ग्राण्डमा बस्नेछिन्।  राष्ट्रपति भण्डारीको सम्मानमा राजदूतावासले अाज रात्रिभोजको आयोजना गर्दैछ। 

प्रतिक्रिया दिनुहोस्