सरकारले राम्रो काम गर्न सकेनः अध्यक्ष राणा



काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सनातन हिन्दु राष्ट्रको जग नभईकन नेपालको प्रजातन्त्रको जग दह्रो हुन नसक्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं जिल्ला समितिद्धारा आयोजित ‘चुनाव चिन्ह अनावरण, काठमाडौँ जिल्ला समायोजन घोषणा सभा तथा काठमाडौंबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई सम्मान कार्यक्रम’ मा बोल्दै अध्यक्ष राणाले नेपालको प्रजातन्त्रलाई दह्रो बनाउने हो भने सनातन हिन्दु राष्ट्रको जग बनाउनुपर्ने बताएका हुन् । उनले यस निम्ति राजतन्त्र नल्याई सुख नहुने पनि बताए । कम्युनिष्ट र कांग्रेस असफल भएको भन्दै उहाँले यसबेलामा राप्रपा आन्दोलनमा उत्रिए आफुहरुको मुद्धाले प्राथमिकता पाउने जिकिर गरे ।

अध्यक्ष राणाले मुलुकलाई स्थिरता दिनको निम्ति कम्युनिष्टलाई जनादेश दिईएको भएपनि ३ वर्षको शासनकालमा सरकारले राम्रो काम गर्न नसकेको बताए । पार्टी संगठन गरेर गए मुलुकलाई भरपर्दो दिशामा लैजाने आफुहरुलाई मौका आएको पनि उनको भनाई छ ।

त्यसैगरी, कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का अध्यक्ष कमल थापाले नेतृत्व तहबाट अब पार्टीको विभाजन कहिल्यै नगर्ने प्रतिबद्धता ब्यक्त गरे । पार्टीको तिनै अध्यक्षले पवित्र धार्मिक ग्रन्थ गितालाई छोएर पार्टी कहिल्यै नफुटाउने र फुट्न नदिने प्रतिज्ञा गरेको उनको भनाई छ । पार्टी विभाजनले पार्टीको विचारलाई कमजोर बनाएको भन्दै उनले पार्टीका लाखौँ कार्यकताको भविष्य अन्धकार बनेको पनि बताए । आफ्नो पिढी राजनीतिक जीवनको उत्तराद्र्धमा लाग्न लागेको भन्दै उनले यस्तो बेलामा पार्टी फुटाउने अपराध गर्न नसक्ने उहाँको भनाई छ । अध्यक्ष थापाले केही वर्ष भित्रमै असम्भव ठानिएको हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापना गराउने दाबी पनि गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले जनताको सहानुभुति आफ्नो पार्टीसँग रहेको दाबी गरे । जनता कांग्रेस र नेकपासँग चेतिसकेको भन्दै उनले जनताले नयाँ राजनीतिक शक्ति खोजेको र आफुहरु सक्षम भए जनताले साथ दिने बताए ।

अध्यक्ष लोहनीले जनताको सद्भावनालाई बोकेर लैजाने क्षमता कति आउँछ नेतृत्वको चुनौति पनि त्यही रहेको औँल्याए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ । सहरका मुख्य भागका सरकारी जमिन भाडामा लिएर व्यवसाय गर्न सफल यती समूहलाई त्रिभुवन

सर्लाही । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपश्चात् प्रधानमन्त्री केपी शर्मा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विप्लव समूहमाथिको प्रतिबन्त्र र मुद्दा फिर्ताको प्रक्रिया

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा

झापा : प्रधानमन्त्री ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को

काठमाडौँ : सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेको नेतृत्वमा

झापा : प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षले बाटोमा फालेको लाखौँ रूपैयाँ बरामद

काठमाडौं : चारवटै सुरक्षा निकायका तीन सयभन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई