प्रचण्डले जनयुद्धको भावना बिर्सिएः शंकर पोखरेल



बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले १२ वर्षसम्म गरेको जनयुद्धको मर्म र भावना बिर्सिएको बताएका छन् ।
प्रचण्डले माओवादी आन्दोलनको क्रममा जुन बचनबद्धता गरी हजारौं युवाहरूलाई बलिदानको मोर्चामा पठाएको भए पनि अहिले त्यतिबेलाका मान्यता र आदर्शमा विचलन आएको उनले बताएका हुन् ।
फागुन १ गते नेकपा लुम्बिनी कमिटीले बुटवलमा गर्न लागेको आमसभाको तयारीको बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा पोखरेलले उक्त कुरा बताएका हुन् ।
२०५२ साल फागुन १ गते माओवादीका तर्फबाट जनयुद्धको थालनी भएकाले नेपालको राजनीतिमा विशिष्ट दिन भएको उल्लेख गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले सोही दिन बुटवलमा पूर्वजनमुक्ति सेनाको भेला समेत आयोजना गरिएको बताए ।
साढे ४ सय बढी पूर्वजनमुक्ति सेना सहभागी हुने उक्त भेलालाई नेकपा नेता एवं उद्योग वाणिज्य मन्त्री लेखराज भट्ट र पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया दिनुहोस्