जेलबाटै चल्छ समीरको आपराधिक सञ्जाल



काठमाडौं : निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरेका समीरमान सिंह बस्नेतले जलेबाटै आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको छ ।

 

आजको नागरिक  दैनिकमा यो खबर छ – प्रहरीले सोही हत्या अभियोग लागेका तीन जनालाई पक्राउ गरेपछि बस्नेतले जेलबाटै फिरौती असुलीलगायतका गतिविधि सञ्चालन गरेको खुलेको हो ।

 

पछिल्लोपटक बस्नेतको निसानामा मिडिया सञ्चालक र अरु निर्माण व्यवसायी रहेको प्रहरीको दाबी छ । बस्नेत समूहबाट फोन आउयन थालेपछि निर्माण व्यवसायी सुरक्षा माग्दै गृह मन्त्रालय पुगेका थिए । उनीहरुको सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थालेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्