संसदलाई सक्रिय बनाउन सकिन्छ : देव गुरुङ



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य देव गुरुङले निष्कृय संसदलाई सक्रिय बनाउन सकिने बताएका छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशद्धरा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङ्गले न्यायलयको प्रक्रियाबाट र राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन सकिने दावी गरे । साक्षात्कारमा बोल्दै गरुङ्गले २०५९ मा राजा ज्ञानेन्द्रद्वारा विघटित संसद राजनीतिक सहमतिमा २०६३ मा सक्रिय बनाइएको उदाहरण दिए ।
उनले संविधान विपरित प्रधानमन्त्री र राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभा सक्रिय र पुर्नस्थापना हुन सक्ने दावी गरे । ‘प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले राष्ट्रघात र जनघात गरेको आरोप लगाउंदै सबै देशभक्त राजनीतिक दल, नागरिक समाज, मिडिया एक ठाउंमा उभिनुको विकल्प छैन’, उनले भने ।
प्रतिगामी कदम नसच्चिएमा शैन्य शक्ति आकर्षित हुने र देशमा जनबिद्रोह पनि हुन सक्ने दुवै सम्भावना रहेको दावी गरे । नेता गुरुङले देशमा स्थिरता र स्थायित्व कामय गर्न संसदलाई सक्रिय बनाउनु पर्ने उल्लेख गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दैमा विघटन हुन नसक्ने दावी गरे । प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले लामो सङघर्षबाट स्थापित लोकतान्त्रिक, गणतान्त्रिक प्रणालीलाई उल्टाएर आफु सर्वशक्तिमान हुन खोजेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्