जनकपुर साहित्य महोत्सव हुने



काठमाडौँ । जनकपुर साहित्य महोत्सव हुने भएको छ । मिथिला फाउन्डेसनले फागुन १९ देखि २४ सम्म महोत्सव गर्ने घोषणा गरेको छ ।
शुक्रबार राजधानीमा आयोजित घोषणा कार्यक्रममा महोत्सवलाई पृथक बनाउने तयारी गरेको बताइयो ।
महोत्सवमा साहित्य, लेखन, सिनेमा, संगीत राजनीति, समाज र विज्ञान प्रविधिका विषयमा छलफल गरिने छ । महोत्सवमा मैथली साहित्य, विद्यापतिको स्मरण, सीमा पारीको साहित्य, विदेशिएकाको कथा, पुस्तकको कथा, महिला महिमा, सिनेमाको कुरालगायतको विषयमा प्यानल छलफल गरिनेछ ।
महोत्सवमा बंगलादेशका केही साहित्यकारको पनि उपस्थिति रहने आयोजकले जनाएका छन् । त्यस्तै महिलाको महिमा भन्ने महिला सम्बन्धि विशेष शत्र पनि महोत्सवमा रहने छ । घोषणा कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध मुलुक बन्नका लागि बाटो, भवनको विकास मात्र नभइ भाषा, संस्कृतिक, रहनसहनले अर्थ राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस्