प्रभास र पूजाको ‘राधेश्याम’को टिजर सार्वजनिक (भिडियोसहित)



एजेन्सी– साउथका सुपरस्टार प्रभासको चलचित्र राधेश्यामको टिजर सार्वजनिक भएको छ । प्रभास र अभिनेत्री पूजा हेगडेको चलचित्र राधेश्याम यस वर्ष जुलाई ३० मा ठूलो पर्दामा रिलीज हुने भएको बताइएको छ ।

यस फिल्मको टिजरले सोशल मिडियामा चर्चा पाइरहेको छ । टिजरमा प्रभास रोमान्टिक मूडमा देखिन्छन् । उनीले इटालियन भाषामा पूजालाई प्रस्ताव राखिएको देखिन्छ ।

यो चलचित्र विभिन्न ४ भाषामा रिलिज हुनेछ । राधा कृष्ण कुमारको निर्देशनमा तयार भएको चलचित्रमा भुषण कुमार, भाम्सी र प्रमोदले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्