शिव परियारको ‘जिन्दगी’ (भिडियोसहित)



काठमाडौं– प्रणय दिवसको अवसर पारेर गायक शिव परियारले आफ्नो गीत ‘जिन्दगी तिम्रो मेरो गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै युट्युब च्यानल शिव परियारबाट सार्वजनिक गरेका हुन् । सो गीतमा परियारसँगै वानिका प्रधानको पनि आवाज रहेको छ ।

साथै परियारले सबैको प्रेम सफल होस् भनेर पनि कामना गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘तपाँईहरुको प्रेम सफल बनोस । मेरा प्यारा दर्शक स्रोता,आज प्रेम दिवसको दिन हाम्रो तर्फबाट तपाँईहरुको लागि प्रेमिल उपहार समर्पण गर्दछौं ।’

हरिभक्त बुढाथोकीमो शब्दमा दिपक सिल्वालले संगीत भरेका हुन् । रिता कट्टेल, जेरी साउद, सुप्रिया खनाल लगायतको अभिनय रहेको छ । सोयत्ना योन्जनले कोरोग्राफ गरेको सो गीत दिवाकर भट्टराईले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्