प्रतिगमन परास्त गर्न संयुक्त आन्दोलन आवश्यक : राजेन्द्र महतो



नवलपरासी । जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान संशोधन र रेशम चौधरीको रिहाईको विषयमा संयुक्त एजेण्डा नबनेसम्म जनआन्दोलन नहुने बताएका छन् । नवलपरासीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, संयुक्त आन्दोलनका लागि संयुक्त एजेण्डा पनि हुनु पर्छ । संयुक्त एजेण्डा नभएसम्म संयुक्त आन्दोलन सम्भव छैन ।’
उनले आफूहरु संविधान संशोधन र रेशम चौधरीको रिहाईका लागि एक्लै आन्दोलन गर्दा काँग्रेस र कम्युनिस्टले साथ नदिएको जिकिर गरे । अहिले किन उनीहरुलाई साथ दिने भन्दै उनले प्रश्न गरे । काँग्रेस र कम्युनिस्टहरु संविधान संशोधनका लागि तयार छन् कि छैनन् भन्ने कुरा स्पष्ट हुनुपर्ने उनको जोड थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लादेको प्रतिगमनको विरुद्धमा सबै दलले आ–आफ्नो तरिकाले आन्दोलन गरिरहेको तर प्रतिगमनलाई परास्त गर्न संयुक्त आन्दोलन नै हुनुपर्ने कुरामा उनले जोड दिए । काँग्रेस तयार नभएसम्म संयुक्त आन्दोलन हुन नसक्ने उनले बताए । विगतमा पनि जनआन्दोलन हुँदा सबै दलहरु एक ठाउँमा आएको स्मरण गर्दै यो आन्दोलनमा पनि दलहरु एक ठाउँमा आउनुको विकल्प नरहेको उनको भनाइ छ ।
उनले भने, ‘देश संकटमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै देशलाई संकटमा ल्याएका छन् । संविधानमाथि प्रहार गरेका छन् । संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर संसद विघटन गरेका छन् । यसले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र पनि गुम्ला कि भनि जनता भय उत्पन्न भएको छ ।’
संसद पुनःस्थापना वा निर्वाचन कुनै पनि भएन भने देशमा प्रलय आउने बताउँदै उनले आफूहरु चुनावका लागि २४ घण्टा तयार रहेको बताए । तर चुनाव हुनुअघि प्रधानमन्त्री ओलीको प्रतिगमन सच्चिनु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सुध्रनु र बालुवा पेलेर तेल

काठमाडौं– शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं र काठमाडौं बाहिरका स्मार्ट सिटीहरुलाई समानान्तर ढंगले अगाडी

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो राजनीतिक संघर्ष सडकको मोर्चाबाट सदनको मोर्चामा संघर्ष केन्द्रित भएको

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेकी छन् । सरकारको सिफारिशमा

काठमाडौँ : १३औँ अन्तर्राष्ट्रि ह्वेलचियर दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । समाज कल्याण परिषद् राष्ट्रिय

काठमाडौँ : सरकारले चैत २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको

काठमाडौँ : नेकपा प्रचण्ड–माधव समूहको सचिवालय बैठक सिंहदरबारमा बसिरहेको छ । संसदीय दलको कार्यालयमा केहीबेर

काठमाडौं : सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २३ गते संसद् आह्वान गर्ने निर्णय गरे पनि

काठमाडौँ : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुबजारबाट सञ्चालित प्रदेश एककै पहिलो सामुदायिक रेडियो सोलु एफएमको

काठमाडौँ : सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणको पहिलो खोप संघीय संसदका सांसदहरुलाई दिने निर्णय

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड–नेपाल समूहलाई

काठमाडौं : कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनले संसदीय सुनुवाइबिना गरिएको संवैधानिक निकायका पदाधिकारी