थप खोप भारतबाट खरिद गरिनेछ : स्वास्थ राज्यमन्त्री



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले दुई करोड १६ लाख नागरिकका लागि खोप ल्याउन सरकारले तीव्र तयारी गरिरहेको बताएका छन् ।
माघ २४ देखि दोस्रो चरणको खोप दिने लक्ष्यसहित सरकारले खरिदको तयारी अगाडि बढाएको राज्यमन्त्री रावतले बताए । थप खोप भारतबाट खरिद गरिने र त्यसका लागि बजेट रकम अभाव नहुनेसमेत मन्त्री रावतले बताए । स्वास्थ पत्रकार मञ्चले काठमाडौंमा सोमबार आयोजना गरेको कोभिड १९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता विषयक अन्तर्क्रिरयामा उनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्