ढुक्क हुनुहोस्, वैशाखमा चुनाव हुन्न : शशांक कोइराला



दाङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी वैशाख १७ र २७ गते निर्वाचन हुनै नसक्ने दाबी गरेका छन् । चुनाव हुन्छ कि भन्ने सम्भावना कांग्रेसका कोहि कसैले पनि गर्न नहुने उनको भनाई छ ।
संसद विघटनको विरोधमा कांग्रेस दाङले सोमबार घोराहीमा गरेको विरोधसभालाई सम्बोधन गर्दै कोइरालाले भने ‘वैशाखमा चुनाव हुन्न, यसमा सबै ढुक्क भए हुन्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्री पद लम्ब्याउनका लागि चुनावको कुटिल चाल चलेको भन्दै कोइरालाले यसमा अरु कुनै सत्यता नभएको बताए ।
‘प्रधानमन्त्रीले आफ्नो पद लम्ब्याउनका लागि चुनावको मिति नाटकीय शैलीमा घोषणा गरेका हुन्,’ कोइरालाले भने ‘चुनाव चिन्हमा देखिएको नेकपाको विवादले पनि चुनाव तत्कालै हुने सम्भावना छैन ।’ नेकपाको माधव कुमार नेपाल र पुष्पकमल दाहालले सूर्य चिन्ह प्राप्त गरेको खण्डमा प्रधानमन्त्री ओलीले मुद्दा हाल्ने र यो प्रक्रिया लम्बिने उनको भनाई छ ।
बैशाखमा निर्वाचन सम्भवै नरहेको बताएका कोइरालाले संसद पुनःस्थापना मात्रै कांग्रेसको एकल अजेण्डा रहेको बताए । संविधानको हत्या गर्नेगरि प्रधानमन्त्रीले विघटन गरेको संसदको पुनरस्थापना भए मात्रै संविधानको अस्तित्व जोगिने भन्दै उनले भने ‘आज कांग्रेस सडकमा छ, संविधानको रक्षाका लागि।’ यसैगरि उनले कांग्रेस संसद पुनःस्थापनाका सवालमा एकल रुपमा आन्दोलनमा रहेको भन्दै यो मुद्धामा कसैसंग पनि सहकार्य नगर्ने बताए ।
‘कांग्रेस विचार र सिद्धान्तमा अरु पार्टी भन्दा उँचो पार्टी हो,यसर्थ कांग्रेसले जनहितका पक्षमा आँफै सहि निर्णय गरेर अघि बढ्छ,’ उनले भने ‘कोहिकसै संग सहकार्य गरेर कांग्रेस अगाडी बढ्नु जरुरी छैन,र सहकार्य गर्दैन पनि ।’ उनले वर्तमान सरकार अहिले सम्म निरिह बनेको भन्दै वर्तमान सरकारबाट समृद्धिको आश गर्नु दिवास्वप्न हुने समेत बताए । साथै उनले मुलुकको हितका निम्ती कांग्रेसलाई माथि उकास्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले सर्वोच्च अदालतको फैसला पछिको परिप्रेक्ष्यमा

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि गुट परिवर्तन गरेका सांसदहरु

काठमाडौं । नेकपा पार्टी विभाजन पछि प्रचण्ड समूहमा लागेर पार्टी अध्यक्ष बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई भैसेपाटी पुगेर विष्णु पौडेलले भेट गरेका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई जबाब

काठमाडौं । नेकपा नाम खारेज गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्ट प्रचण्ड–नेपाल पक्ष पुनरावलोकनमा जाने भएको

म्यान्मा : म्यान्मारमा सैनिक शासनविरुद्ध जारी आन्दोलनमा सहभागी एक नेपालीभाषी बर्मेलीको मृत्यु भएको प्रदर्शनकारीहरूले बताएका

काठमाडौँ : राष्ट्रिय जनमोर्चाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नै मिलेर सरकार गठन गर्नु

काठमाडौँ : सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले पाँच रणनीतिसहित गृहकार्य

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटाप्रति

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिक नामका सन्दर्भमा आइतबार

काठमाडौँ । सर्वोच्च अदातलको आइतबारको फैसलापछि नेकपा दाहाल–नेपाल समूह कानुनविद्हरुसँग छलफलमा जुटेका छन् । अदालतको