महिला लिगको अन्तिम दुई खेल आज : च्याम्पियन एपीएफसँग आर्मी भिड्दै



काठमाडौँ : राष्ट्रिय महिला लिगको अन्तिम दुई खेल आज हुँदैछ । ७ टिम सहभागी लिगमा च्याम्पियन टोलीको टुङ्गो लागिसकेको छ । यस्तै केही टोलीको पोजिसन समेत टुङ्गो लागेको छ ।
विभागीय टोली एपीएफले दुई खेल अगावै उपाधि पक्का गरिसकेको थियो । यस्तै अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो हुने पक्का भइसकेको छ ।

चन्द्रपुर नगरपालिका सबै १२ खेल खेल्दै छैटौं भएको छ । एक खेल खेल्न बाँकी चौदण्डीगढी सातौं हुने पक्का छ । लिगमा आज पहिलो स्थानको एपीएफ र दोस्रो स्थानको आर्मी तथा पाँचौँ स्थानको नेपाल पुलिस क्लब र चौदण्डीगढीबीच खेल हुनेछ ।

लिगको उपाधि विजेताले रु. १५ लाख, उपविजेता ८ लाख रुपैयाँ पाउने छन् । यस्तै, तेस्रो हुनेले ५ लाख, चौथोले ३ लाख, सर्वोत्कृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्