पूर्वप्रधानमन्त्री भट्टराई उपचारका लागि दिल्ली प्रस्थान



काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको जहाजमार्फत बिहान साढे ११ बजे भट्टराई दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौँको निदान अस्पतालमा उनको स्वस्थ्य परीक्षण तथा उपचार भइरहेको थियो । न्यूरो–इन्डोक्राइनको ट्युमर भएको आशंकामा चिकित्सकको सल्लाह अनुसार भट्टराईले दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा उपचार गराउने उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

भट्टराईसँग श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे दिल्ली गएका छन् । उपचारका लागि दिल्लीमा रहँदा भट्टराईको बसाई दिल्लीस्थित नेपालको दूतावासमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्