ओलीको कदमलाई देउवाले साथ दिए : पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई कांग्रेस सभापति शेरबहादुर देउवाले साथ दिएको बताएका छन् ।
आइतबार प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले देउवाको साथ र समर्थनका कारण ओली थप अधिनायकवादतर्फ उन्मुख भएको बताएका हुन् । उनले ओलीलाई देउवाको समर्थनपछि संविधान, लोकतन्त्र र गणतन्त्र धरापमा परेको बताए ।
‘देउवाको साथ र समर्थन पाएपछि ओली झन् अधिनायकवादी बन्न थाले’, पौडेलले भने, ‘संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयता धरापमा पर्ने खतरा बढ्यो ।’
नेता पौडेलले कांग्रेसको आधिकारिक निर्णय भनेको प्रतिनिधि सभा विघटन असंवैधानिक भन्ने रहेको बताउँदै कार्यकर्तालाई आन्दोलनमा लाग्न आग्रह गरे । उनले संविधान रक्षाको जिम्मा कांग्रेसको काँधमा आएको बताउँदै प्रतिनिधि सभा विघटनका विपक्षमा उभिन समेत आग्रह गरे ।
उनले सरकारले गरेका भ्रष्टाचार, गैरसंवैधानिक नियुक्तिमा पनि देउवाले ओलीलाई साथ दिएको आरोप लगाए । नेता पौडेलले केही दिनअघि पोखरामा सभापति देउवाको आन्दोलन गर्नका लागि पैसा नभएको भन्ने भनाइप्रति पनि आपत्ती जनाए । उनले पैसाले आन्दोलन नहुने बताउँदै लोकतन्त्र र संविधानका बचाउनका लागि आन्दोलनको विकल्प नभएको बताए ।
‘आन्दोलन पैसाले गर्ने होइन’, उनले भने, ‘विचार र सिद्धान्तले आन्दोलन अगाडि बढाइ लोकतन्त्र र संविधान बचाउनु कांग्रेसको दायित्व हो । ’ उनले कांग्रेसले अदालतको फैसलालाई मान्ने बताए पनि अदालतको फैसला कुरेर अहिले मौन बस्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेकी छन् । सरकारको सिफारिशमा

काठमाडौँ : १३औँ अन्तर्राष्ट्रि ह्वेलचियर दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । समाज कल्याण परिषद् राष्ट्रिय

काठमाडौँ : सरकारले चैत २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको

काठमाडौँ : नेकपा प्रचण्ड–माधव समूहको सचिवालय बैठक सिंहदरबारमा बसिरहेको छ । संसदीय दलको कार्यालयमा केहीबेर

काठमाडौं : सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २३ गते संसद् आह्वान गर्ने निर्णय गरे पनि

काठमाडौँ : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुबजारबाट सञ्चालित प्रदेश एककै पहिलो सामुदायिक रेडियो सोलु एफएमको

काठमाडौँ : सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणको पहिलो खोप संघीय संसदका सांसदहरुलाई दिने निर्णय

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड–नेपाल समूहलाई

काठमाडौं : कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनले संसदीय सुनुवाइबिना गरिएको संवैधानिक निकायका पदाधिकारी

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोसित भएका छन् । आइतबार सेतो

याङ्गुन : म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको