प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव पेश



विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको छ ।
आइतबार बसेको प्रदेश संसद बैठकमा राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको हो । उनीविरुद्ध इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । मुख्यमन्त्री राईविरुद्ध ३७ जना सांसदको हस्ताक्षर रहेको अविश्वासको प्रस्ताव पेश गरिएको छ ।
राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । मुख्यमन्त्री राईविरुद्ध नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम अविश्वासको प्रस्ताव पेश भएको हो ।
प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव पेश गरे पनि सत्ता पक्षका सांसदहरूले भने बैठक नै बहिष्कार गरेका थिए ।
अविश्वास प्रस्ताव पेश हुनेबित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका थिए । अर्को बैठक फागुन २० गतेलाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्