
जनकपुरधाम । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्न अपरान्ह जनकपुर आएका उनलाई विमानस्थलमा उनलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहाले स्वागत गरेका थिए । प्रदेश प्रमुख झालाई प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रोटोकल विपरित स्वागत गरेनन ।
यसअघि तिलक परियार प्रदेश प्रमुख भएर आउँदा उनलाई जनकपुर विमानस्थलमा मुख्यमन्त्री लालबाबु राउत, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित नेकपा नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।
राज्यमन्त्री कुशवाहा लगायत नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताकार्यकर्ताले झालाई स्वागत गरे ।
प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्न पुग्दा उनलाई कार्यालयका कर्मचारीहरुले स्वागत गरेका छन् ।
पदभार ग्रहण गर्दै प्रदेश प्रमुख झाले विविधतालाई अवसरको रुपमा लिएर अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै प्रदेश २ लाई उदाहरणीय बनाउने काममा बल पु¥याउने प्रतिवद्धता गरे ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परियारलाई पदमुक्त गरी रौतहटका झालाई नियुक्त गरेकी थिइन् । शुक्रबार साँझ नै शीतल निवासमा पद दथा गोपनियताका सपथ लिएका नवनियुक्त प्रदेश प्रमुख झा आइतबार जनकपुरमा पदभार ग्रहण गरेका हुन् ।
