प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै



काठमाडौँ :
प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जाँदै छन् । वेदकोट नगरपालिका–३, छेलामा बन्ने दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली मन्त्रीको टोलीसहित कञ्चनपुर जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै उद्योग, वाणिञ्ज तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री प्रेम आले, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना तथा श्रममन्त्री गौरीशंकर चौधरी कञ्चनपुर जाँदैछन् ।

प्रधानमन्त्री जाने भएपछि सुरक्षा व्यवस्था मजबुत बनाइएको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए ।

सरकारले यसै साता चार औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्