प्रचण्ड–माधव समूहको विद्यार्थी संगठनले आज ‘प्रतिगमन’विरुद्ध जुत्ता हान्ने



काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव समूह निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज विरोधका कार्यक्रम गर्दैछ ।

आन्दोलनरत विद्यार्थी संगठनले आज ‘प्रतिगमन’विरुद्ध जुत्ता हान्ने कार्यक्रम राखेको छ । नारायणहिटी अगाडि ‘प्रतिगमन’को प्रतिक बनाएर जुत्ता हान्ने कार्यक्रम रहेको प्रचण्ड–माधव समूहका विद्यार्थी नेता रञ्जित तामाङले जानकारी दिए ।

कार्यक्रम दिउँसो २ बजे हुनेछ । नेकपाको महिला संगठनको नेतृत्वमा हिजो विरोध प्रदर्शन गरिएको थियो । गत पुस ५ मा संसद विघटन गरिएसँगै विभक्त भएको नेकपाको प्रचण्ड–माधव समूह आन्दोलनमा छ ।

प्रतिक्रिया दिनुहोस्