प्रदेश प्रमुख झासँग मुख्यमन्त्री राउतको शिष्टाचार भेटवार्ता



जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा अहिराजसँग प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिष्टाचार भेट गरेका छन् । राउतले सोमबार बिहान प्रदेश प्रमुखको कार्यालयमा पुगेर स्वागत अभिवादन गरेका थिए ।

प्रदेश सरकारले प्रदेश प्रमुखको स्वागत नगर्ने वा स्वीकार नगर्ने विभिन्न राजनीतिक अडकलका बीच मुख्यमन्त्री राउतले प्रदेश प्रमुख झालाई भेट गर्न पुगेका थिए । उनले त्यस क्रममा खादा तथा पुष्पगुच्छा दिएर झालाई प्रदेशमा स्वागत गरेका थिए । उनले त्यस क्रममा प्रदेश २कै वासिन्दा र विशेष गरी मधेशकै लागि संघर्षरत व्यक्ति प्रदेश प्रमुख भएर आउँदा खुशी लागेको समेत बताएका थिए ।

मुख्यमन्त्री राउतसँगै मुख्य न्यायाधिवक्ता दीपेन्द्र झापनि प्रदेश प्रमुखको स्वागतमा पुगेका थिए । त्यस क्रममा मुख्य न्यायाधिवक्ता झाले खादाले स्वागत गर्दै प्रदेश प्रमुखबाट प्रदेश सरकारलाई सहयोग, समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरेका थिए । प्रदेश प्रमुख झाले पनि प्रदेशलाई समुन्नत र समृद्ध बनाउन सरकारसँग सहकार्य गरेर अघि बढने र प्रदेशवासीको हक हितका खातिर संविधान र कानुनको मर्यादाभित्र रहेर भूमिका खेल्ने बताए ।

यसअघि प्रदेश प्रमुख पदभार ग्रहण गर्न जनकपुरधाम विमानस्थल पुग्दा प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाहामात्र स्वागत गर्न पुगेका थिए । प्रदेशका कतिपय मन्त्रीले प्रदेश प्रमुख झालाई स्वागत गर्न नजाने र मतलब नै नराख्ने सार्वजनिक अभिव्यक्तिसमेत दिएका थिए । तर प्रदेशका मुख्यमन्त्री राउत स्वयम् पुगेर पुष्पगुच्छासहित स्वागत अभिवादन गरेपछि ती मन्त्रीहरुको मुखमा बुँजो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा अहिराजसँग प्रदेश २ का मुख्यमन्त्री

काठमाडौँ : बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण सुरु गरिएको

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धित नेकपा विप्लव समूहसँग हुने भनिएको वार्ताको

जनकपुरधाम । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्माले निर्धारित मितिमा निर्वाचन नगराउने

काठमाडौं । जसपाले प्रतिनिधिसभा विघटनको विरोधका आइतबार देशव्यापी प्रदर्शन गरेको छ । जसपाले सबै महानगर,

नवलपलरासी । कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्क्याउने र तर्साउने गरेको बताएका छन्

जनकपुरधाम । प्रदेश २ का प्रमुख राजेश झालाई जनकपुर विमानस्थलमा १ सय १ किलोको मालाले

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक

काठमाडौं : नेपाली काँग्रेस नेता डा. शेखर कोइरालाले संसद् विघटनविरुद्ध परेको रिट निवेदन विचाराधीन रहेका

काठमाडौँ : नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट अदालत रत्तिभर विचलन

एजेन्सी : अमेरिकाको एउटा बोइङ ट्रिपल सेभेन विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । उडिरेहेको अवस्थामा