प्रहरी अनुसन्धान प्रतिवेदनमा फोटो अर्कैको परेपछि विवाद



विराटनगर : मोरङको उर्लाबारीमा एक व्यक्तिको शंकास्पद मृत्युबारे प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा मृतक भनी अर्कै व्यक्तिको फोटो राखेको खुलेको छ ।

उर्लाबारी नगरपालिका– ५ का प्रवीण बास्तोलाको शंकास्पद मृत्युको अनुसन्धान प्रतिवेदनमा प्रहरीले मृतकको फोटो नै परिवर्तन गरेपछि आफन्त र स्थानीयबासीले आन्दोलन गरेका छन् ।३१ वर्षीय बास्तोलाको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो । आफन्तले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीले अनुसन्धान गरी रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय मोरङमा बुझाएको थियो ।

उक्त घटना अनुसन्धानका लागि प्रहरीले उर्लाबारी– ६ का ३१ वर्षीय राजेश रणपहेलीलाई पक्राउ गरेको थियो । तर सरकारी वकिलको कार्यालयले मिसिल अध्ययनपछि मुद्दा चलाउन नमिल्ने भन्दै माघ २ गते रणपहेलीलाई हाजिरी जमानीमा छाडेको थियो । मृतककी बहिनी सदीक्षाका अनुसार मिसिलमा मृतक दाजुको भनेर तीनवटा फोटो राखिएको थियो, जसमध्ये एउटा फोटो अर्कै व्यक्तिको थियो । मृतकको भनी चाँदीको सिक्री लगाएका अर्कै व्यक्तिको फोटो राखिएको थियो । मृत अवस्थामा फेला पर्दा प्रवीणको गलामा सिक्री थिएन । यद्यपि प्रहरीले अनुहार नै नचिनिने व्यक्तिको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको आफन्तको आरोप छ ।

फोटो परिवर्तन गरेर अनुसन्धान नै कमजोर बनाएपछि आरोपीहरुलाई मुद्दा नचलाएको आफन्तको दाबी छ । प्रवीणको मृत्यु शंकास्पद भन्दै आफन्तले पुस ९ गते उर्लाबारी– ६ का ३१ वर्षीय राजेश रणपहेलीसहितका विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका थिए । प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै आइतबार दिनभर प्रदर्शन गरेका आफन्त र स्थानीयबासीले सोमबार पनि इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले आइतबार फोटो मिस प्लेस भएको स्वीकार गरेका थिए । सदीक्षाले आफूले फोटो किन बेग्लै राख्नुभयो भन्दा प्रहरीले हतार हतार मिसिलमा रहेको फोटो र कागजात परिवर्तन गरेको बताइन् । प्रहरीले अपराधीलाई संरक्षण गर्न लागेको उनको आरोप छ । पोष्टमार्टम रिपोर्टमा छटपटीका कारण मृत्यु भएको उल्लेख भएको बताउँदै उनले प्रहरीले अपराधीलाई संरक्षण गरेपछि न्याय माग्दै सडकमा आउनु परेको बताइन् ।

डीएसपीको नेतृत्वमा छानविन समिति
अनुसन्धान प्रतिवेदनमा फोटो परिवर्तन भएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले डीएसपी मानबहादुर राईको नेतृत्वमा छानविन समिति बनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले मिसिलमा राखिएको तीनमध्ये एउटा फोटो बेग्लै परेको देखिएपछि तत्काल परिवर्तन गरी छानविनका लागि टोली बनाइएको बताए ।

तथ्यमा फरक पर्ने गरी प्रमाण संकलन गरेको घटनामा संलग्नलाई उन्मुक्ति दिने गरी अनुसन्धान भएको देखिए कारवाही गरिने उनले बताए । फरेन्सिक जाँचको रिपोर्ट आएपछि थप तथ्यहरु खुल्ने प्रहरीले बताएको छ । गत पुस ४ गते घरबाट निस्किएका प्रवीणको मृत्यु भएको खबर भोलिपल्ट राति करिब ११ बजे आफन्तले पाएका थिए । आफन्तले प्रवीणको शव गोदावरी अस्पतालमा फेला पारेका थिए । प्रवीणको योजनावद्ध रुपमा हत्या गरिएको आफन्तको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई तिन दिनमै सर्वोच्च अदालतले प्रतिनिधि सभा बिघटन

ललितपुर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भैरहेको

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबीच सोमबार आकस्मिक भेट

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले सरकारको असंवैधानिक कदम सच्चिएपछि निर्वाचनमा जान

नवलपरासी : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै

विराटनगर : मोरङको उर्लाबारीमा एक व्यक्तिको शंकास्पद मृत्युबारे प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा मृतक भनी अर्कै

जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा अहिराजसँग प्रदेश २ का मुख्यमन्त्री

काठमाडौँ : बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण सुरु गरिएको

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धित नेकपा विप्लव समूहसँग हुने भनिएको वार्ताको

जनकपुरधाम । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा.राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्माले निर्धारित मितिमा निर्वाचन नगराउने

काठमाडौं । जसपाले प्रतिनिधिसभा विघटनको विरोधका आइतबार देशव्यापी प्रदर्शन गरेको छ । जसपाले सबै महानगर,