काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबीच सोमबार आकस्मिक भेट भएको छ ।
संसद् विघटनसम्बन्धी मुद्दा फैसला अन्तिम चरणमा पुगेका बेला प्रधानसेनापति थापा र प्रधानन्यायाधीश राणाबीच भेट भएको हो । संसद् विघटनसम्बन्धी मुद्दाको पक्ष(विपक्षको बहस फागुन ७ गते सकिएपछि मंगलबारदेखि हेर्दाहेर्दैमा सुनुवाइ हुँदैछ ।
दुवैबीच एक घन्टाभन्दा बढी समय कुराकानी भएको हो । स्रोतका अनुसार जबरा र थापाबीच देशको पछिल्लो घटनाक्रमबारे पनि कुराकानी भएको छ । तर, भेटको मुख्य विषय भने सर्वोच्च अदालतको ५ अर्ब लागतको भवन निर्माणसम्बन्धी विषयमा केन्द्रित थियो ।
नेपाली सेनाको क्याप्लरी रहेको सिंहदरबारस्थित खाली जग्गामा सर्वोच्चले भवन बनाउन लागेको छ । यसबारे छलफल गर्न प्रधानन्यायधीश जबराले प्रधानसेनापति थापालाई बोलाएका थिए ।
सर्वोच्चले नयाँ भवन बनाउने स्थानमा नेपाली सेनाको केही जग्गा परेकाले त्यससम्बन्धी छलफल गर्न प्रधानसेनापति थापा सर्वोच्च पुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालले जानकारी दिए ।
संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको समयमा प्रधानन्यायाधीश र प्रधानसेनापतिको भेट अर्थपूर्ण मानिएको छ ।