ललितपुरमा बसको ठक्करबाट महिलाको मृत्यु



काठमाडौं । ललितपुरमा ट्राफिक चेकिङ छल्न खोज्दा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जावलाखेल चोकमा बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक महाशाखाका एसएसपी जनकराज भट्टराईका अनुसार बा.२ख ३५७४ नम्बरको बसले प्रदेश ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ महिलाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्