अलमलमा रहेको शैक्षिक क्षेत्रको टुङगो लगाएका छौं- मन्त्री श्रेष्ठ



ललितपुर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भैरहेको बताएका छन् । उनले २०२८ सालको शिक्षा ऐनलाई परिवर्तन गरी शिक्षामा आमुल परिवर्तन आवश्यक रहेको जोड दिएका हुन् ।

लुःनिभा वाल सरोकार समुहले ललितपुरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले आफुले मन्त्रालयको वागडोर सम्हालेपछि थुप्रै परिवर्तन गरेको उल्लेख गरे ।

कोभिड–१९को कारण थला परेको शैक्षिक क्षेत्रको सुधारका लागि नयाँ योजना ल्याउने प्रकृया अघि बढेको नि जानकारी दिए ।

‘अलमलमा रहेको शैक्षिक क्षेत्रको टुङगो लगाएका छौं । विद्यार्थी स्थानान्तरण गर्ने व्यवस्था गरेका छौं । एसईईको गुणस्तर सुधार गर्न संघबाटै एसईई लिने व्यवस्था गरेका छौं’– उनले भने ।

समग्र सुदुर पश्चिम प्रदेशको शिक्षा विकासका लागि शिक्षा, विज्ञान प्रविधि मन्त्रीसंग आयोजना गरेको अन्तक्र्रियामा उहाले राजधानीको शिक्षा प्रणालीलाई सिकेर सुदूरपश्चिमा प्रयोग गर्नुपर्ने बताए । उनले भने– ‘तपाईहरु राजधानीको शिक्षा, शिक्षण पद्धतीको विषयमा अध्ययन गर्न आउनुभएको छ । यहाको कुरा सिकेर आफ्नो क्षेत्रमा लागु गराउनुस् ।’

चालु शिक्षा प्रणालिबाट मुलुकले सोचे जस्तो फड्को मार्न नसक्ने धारणा व्यक्त गर्दै मन्त्री श्रेष्ठले यसको लागि वर्तमान समयमै सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए । शिक्षा प्रणालीको समग्र सुधार गर्न सबै प्रदेशका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको महत्वपुर्ण भुमिका रहने उल्लेख उनले गरे ।

उनले सरकार द्धन्द पिडित , राहत, अस्थायी शिक्षकको समस्या समाधान गर्न लागि परेको उल्लेख गर्दै यस्ता विषयमा सरकारको गम्भीर ध्यान पुगेको बताए ।

सुदूरपश्चिम प्रदेशको डडेलधुराको अजेयमेरु नगरपालिका र गन्यापधुरा नगरपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सहप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सहित ३२ वटा विद्यालयका प्रतिनिधिहरुलाई काठमाडौंको नमुना विद्यालयहरुको भ्रमण गर्न राजधानी आएका थिए ।

कार्यक्रममा डडेलधुरा जिल्लाको गन्यापधुरा नगरपालिका वडा नं ६ का अध्यक्ष चेतराज भट्टले २० देखि ५० जना विद्यार्थी अध्ययन गर्ने विद्यालयमा पुग्न विद्यार्थीहरुले ५ देखि ६ घण्टा सम्मको यात्रा गर्नु पर्ने समस्या मन्त्री श्रेष्ठ समक्ष व्यक्त गरेका थिए ।

कार्यक्रममा लुःनिभा वाल सरोकार समुहका सल्लाहकार स्वयंम्भुराज डंगोलले , कार्यकारी निर्देशक नरेन्द्र डंगोल,कार्यक्रम व्यवस्थापक सन्तराम डंगोलले लुःनिभाले गरेको योजना र भावी कार्यक्रमको बारेमा जानकारी गराए ।

भ्रमणपछि टोलीले काठमाडौं शिक्षा घोषणापत्र जारी गरी नयाँ योजना तय गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्