सर्वोच्चबाट रिहा लगतै विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला फेरि समातिए



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालतको गेटबाटै पुनः पक्राउ परेका छन् ।
न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा उनलाई रिहा गर्न आदेश दिएको थियो । तर, उनलाई सर्वोच्चको गेटबाट बाहिर निस्कँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
विनाआधार थुनामा राखेको भन्दै यसअघि पनि अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । फरक विचार(आस्था राखेका कारण पक्राउ गरिएको देखिँदा त्यसो गर्नु न्यायिक दृष्टिकोणबाट उपयुक्त नहुने भन्दै सर्वोच्चले बास्तोलालाई आजै छाड्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्