अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई वारेस राख्न अनुमति



काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई वारेस राख्न अनुमति दिएको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले प्रधानमन्त्रीलाई वारेस राख्न अनुमति दिएको हो । लिखित जवाफ आफैं उपस्थित भएर बुझाएका प्रधानमन्त्री ओलीले सो मुद्दामा वारेस राख्न पाऊँ भन्दै निवेदन दिएका थिए ।
अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनामा हदैसम्म कारबाहीको माग गर्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्