भारतको सहयोगमा क्षतिग्रस्त ६५ औं विद्यालयको पुनर्निर्माण शुरु



काठमाडौं– २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएको श्री धापासी माध्यामिक विद्यालयको पुनर्निर्माण हुने भएको छ ।

आज सोमबार उपप्रधानमन्त्री इश्वर पोखरेलले भवनको शिलान्यास गरेसँगै भवन पुनर्निर्माण हुने पक्का भएको हो । भारत सरकारको सहयोगमा सो भवनको पुनर्निर्माण हुनेछ ।

भूकम्पमा क्षति भएका विभिन्न जिल्लाका विद्यालयहरू भारत सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको छ । त्यही अन्र्तगत यो ६५ औं विद्यालय रहेको काठमाडौंस्थीत भारतीय दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्