सञ्चारमन्त्री गुरुङ र इजरायली राजदूतबीच भेटवार्ता



काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा मन्त्री गुरुङ र राजदूत गोडरबीच भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको आपसी हितका विविध विषयमा केन्द्रीत रहेर छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटमा मन्त्री गुरुङले इजरायलले सेटलाईट प्रविधिको क्षेत्रमा गरेको प्रगतिबारे जानकारी लिएका थिए । उनले नेपालले सूचना प्रविधिको क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा मित्र राष्ट्रहरुले आर्जन गरेको ज्ञान, सीप, अनुभव उपयोगी हुने विश्वास व्यक्त गरेका थिए ।
राजदूत गोडरले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि इजरायलको सेटलाइट प्रविधि सहज हुने उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारलाई सहयोग गर्न तत्पर रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्