प्रदेश प्रमुख अहिराजद्वारा सडक दुर्घटनाका घाइतेको उद्धार



बारा : पूर्वपश्चिम राजमार्गस्थित बाराको निजगढ़मा दुर्घटनामा परेर छट्पटाई रहेका स्थानीय एक नागरिकलाई प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले उद्धार गरेका छन्।

प्रदेश राजधानी जनकपुरधामबाट बाराको जितपुर गईरहेका प्रमुख अहिराजले दुर्घटनामा परि छट्पटाई रहेका चार जनालाई उद्धार गरी अस्पताल पठाएका हुन्। ‘जितपुरमा सेनाको एउटा कार्यक्रम थियो त्यसमा सहभागी हुन जाँदै थिएँ,’ प्रदेश प्रमुख अहिराजले भने, ‘त्यस क्रममा राजमार्गको निजगढको जंगलमा दुर्घटना पछि घाईते भएकाहरू सडक छेउमा छट्पटाई रहेका थिए, त्यसमध्ये एक जना बच्चा पनि थिए उनीहरुलाई तुरुन्त उद्धार गरी उपचारका लागि चन्द्रनिगाहापुरस्थित अस्पतालमा पठाएँ।’

आफ्ना लागि नागरिकको सुरक्षा सबैभन्दा महत्वपूर्ण भएको बताउँदै उनले घाईतेसँगै आफ्ना एक सुरक्षाकर्मीसमेत पठाएको बताए । घाइतेको उद्धार र सहयोग गर्न पाउँदा खुशी लागेको छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्