न्यायपालिकाको निर्णय शिरोधार्य : उपप्रम पोखरेल



चितवन : उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीेले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट गरे ।

“न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ ? ”, उनले भने “न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ ?” शक्ति पृथकीकरणको सिद्धान्तलाई विश्वास गर्ने जनाउँदै उनले न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्छ भने ।

राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि दुई वामपन्थी दलबीच एकता गरिए पनि सङ्कट आएका कारण दिगो हुन नसकेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सचिवालय सदस्य पोखरेलले बताए । “राजनीतिक स्थिरताका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएर विघटनको निर्णय भएको हो ।” उनले प्रश्न गरे, “ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन सक्छ ?”

निर्वाचन तोकिएकै समयमा हुने जनाउँदै उनले यसलाई हुन नदिनका लागि कुनै खालका कोशिश नगर्न सबैलाई अनुरोध गरे । यो राजनीतिक अवसर भएकाले सबै सहभागी हुनुपर्ने उनको भनाइ थियो । उनले भने, “यो निर्वाचन ताजा जनादेशका लागि हो । यो सबैको हितमा हुन्छ ।” उनले निर्वाचन आयोग, सुरक्षा निकायलगायत सबैले निर्वाचन तयारी गरिरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बारा : पूर्वपश्चिम राजमार्गस्थित बाराको निजगढ़मा दुर्घटनामा परेर छट्पटाई रहेका स्थानीय एक नागरिकलाई प्रदेश २

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले मंगलबारका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ । सोमबारसम्म

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकारमा पुग्नासाथ अहिलेका शीर्ष नेताहरु केपी शर्मा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने मिति तय भएको छ । उनी परिवार

परासीः स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी चुनावमा आफ्नै दल गठन गरेर उम्मेदवारी दिने घोषणा गरेका छन्

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई वारेस राख्न अनुमति दिएको छ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालतको गेटबाटै पुनः पक्राउ परेका

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई तिन दिनमै सर्वोच्च अदालतले प्रतिनिधि सभा बिघटन

ललितपुर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भैरहेको

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबीच सोमबार आकस्मिक भेट

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले सरकारको असंवैधानिक कदम सच्चिएपछि निर्वाचनमा जान