स्टिकरदेखि लाहासम्म खरिद गर्दै निर्वाचन आयोग



काठमाडौं : निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न सामग्री खरीदका लागि बोलपत्र आह्वान गरेको छ । अधिक सङ्ख्यामा बोलपत्रदाताको सहभागिता र स्वच्छ, स्वस्थ प्रतिस्पर्धा होस् भन्ने हेतुले खरीद गर्नुपर्ने निर्वाचन सामग्री ११ समूहमा समूहीकृत गरी बोलपत्र आह्वान गरिएको छ ।

सरकारले प्रतिनिधि सभाको निर्वाचन पहिलो चरणमा आगामी वैशाख १७ गते र दोस्रो चरणको वैशाख २७ गते हुने गरी गत पुुस ५ गते नै घोषणा गरेको थियो । यद्यपि निर्वाचनका विषयमा सर्वोच्च अदालतमा परेको मुुद्दा भने किनारा लाग्न अझै बाँकी छ । आयोगले ती सामग्री खरीद गर्न आज सात दिनको सूचना प्रकाशन गरेको छ ।

सार्वजनिक खरीद ऐन तथा नियमावलीअनुुसार खरीद प्रक्रिया अवलम्बन गर्दा घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक निर्वाचन सामग्री व्यवस्थापन गर्न असम्भवप्रायः भएको जनाउँदै आयोग ऐन, २०७३ बमोजिम छिटो माध्यमबाट निर्वाचन सामग्री खरीद गर्न बोलपत्र आह्वान गरिएको आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठले जानकारी दिए ।

ग्राह्य बोलपत्रदातालाई सूचनामा तोकिएका आवश्यक कागजात र प्रक्रिया पुर्याई अधिक मात्रामा सहभागिता जनाएर स्वच्छ, स्वस्थ्य र प्रतिस्पर्धामा सहभागी हुन आयोगले आग्रह गरेको छ । आयोगका अनुुसार छपाइसम्बन्धी (मतपेटिका स्टिकर र परिचयपत्र), छपाइसम्बन्धी (पोलबुुक तथा कार्ड), सुरक्षण सिल र रबर म्याट, स्वस्तिक छाप (रबर र पित्तल), नउड्ने मसीको मार्कर, छेकाबारा, स्ट्याम्प प्याड र मसी, सोसर, प्लाष्टिक थैलो र बोरा, फोटोकपी पेपर, ग्लुष्टिक तथा कोरा कपडा र थैलो, स्ट्याप्लर मेशिन र पिन, स्केल तथा कैँची, जेलपेन(कालो र रातो), मार्कर पेन, पञ्चिङ मेशिन र लाहा खरीदका लागि बोलपत्र आह्वान गरिएको हो ।

तीन आर्थिक वर्षको औसत कारोवारको न्यूनतम अङ्कलाई आधार मानेर ती समाग्री खरीदका लागि रु १४ करोड चार लाख मूूल्यबराबरको सामग्री खरीदका लागि बोलपत्र आह्वान गरिएको सूचनामा जनाइएको छ । तोकिएको निर्वाचन सम्पन्न गर्न अर्जुुनदृष्टिका साथ अघि बढेको आयोगले पछिल्लो समय निर्वाचन तयारीको प्रारम्भिक कार्यलाई तीव्र तुल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विघटन गरेको संसद सर्वोच्च अदालतले पुनःस्थापना गरेको छ ।सर्वोच्चको यो

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाउँदैछ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । नेकपा ओली पक्षका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ९९.९ प्रतिशत प्रतिनिधि सभा पुनःस्थापना

हेटौंडा । राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलालाई सबैले मान्नु पर्ने बताएका छन् ।संसद विघटन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पुष्पकमल दाहाल ’प्रचण्ड’ले

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् । बालुवाटारस्थित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएका

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिका लागि नेपाली आवासीय राजदूतमा डा.निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेकी

काठमाडौं : निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न सामग्री खरीदका लागि बोलपत्र

बारा : पूर्वपश्चिम राजमार्गस्थित बाराको निजगढ़मा दुर्घटनामा परेर छट्पटाई रहेका स्थानीय एक नागरिकलाई प्रदेश २

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले मंगलबारका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ । सोमबारसम्म