अदालतप्रति विश्वास छ, सही फैसला गर्छ : प्रचण्ड



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले संविधानको भावनाअनुसार फैसला गर्ने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले पुस ५ पछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताउँदै युद्ध जित्ने विश्वाससमेत व्यक्त गरे । अहिले आफूहरु रक्तपातविहीन युद्धमा रहेको भन्दै उनले अघि भने, ‘हाम्रो अदालतप्रति विश्वास छ, सही फैसला गर्छ भन्ने विश्वास छ ।’

नेपाली जनता र नेपालको संविधानको मर्म, भावनाअनुसार सर्वाेच्चबाट फैसला आउँछ, त्यसलाई हामीले स्वीकार्य गर्नुपर्छ, प्रचण्डले सर्वाेच्चको फैसलापछि मुलुकमा राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्